हलिउडका हिरो देवीघाटमा बिरामी स्याहार्दै

काठमाण्डौ पुष २६,

हलिउडका प्रसिद्ध अभिनेता जोयल एड्गार्टन बुधबार देवीघाटमा भेटिए, त्यो पनि बिरामी स्याहार्दै । अस्ट्रेलियाको सिड्नीका बासिन्दा जोयल देवीघाटमा सञ्चालित आँखा शिविरमा उपचार गर्न आएका बिरामीलाई मंगलबारदेखि नै स्याहारिरहेका छन् ।

उनी शिविरलाई सहयोग गर्न अस्ट्रेलियाको संस्था द फ्रेड हलोज फाउन्डेसनका दूतका रुपमा नेपाल आएका हुन् । तिलगंगा आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटीद्धारा आयोजित शिविरमा दुई सय ५० जना भन्दा बढी मोतीविन्दुको शल्यक्रिया भएको छ ।

शिविर सञ्चालकलाई हौसला प्रदान गर्ने उद्देश्यले आफू देवीघाटसम्म आईपुगेको उनले बताएको छ । उनले भने ‘यहाँका विरामीलाई मद्दत गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको छ ।’

हलिउडका वारिआर, द अड लाइफ अफ टिमाथी ग्रिन, जेरो डाके थर्टी, एनिमल किङ्डमलगायतका चर्चित फिल्मका नायक तथा स्क्रिप्ट लेखक ३९ बर्षका जोयलले अभिनय गरेका फिल्म द ग्रेठ ग्याट्स्बी र फेलोनी प्रर्दशनका क्रममा छन् ।nepalbritain:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com