कविता " मन पर्यो " : By, Saman Gole


झुकेको त्यो नजर मन पर्यो  ।
मिलेको त्यो अधर मन पर्यो  ।

वसन्त झै हरियाली तिम्रो
लुकेको त्यो वहार मन पर्यो  ।

झिलीमीली बत्ती चारैतिर
बलेको त्यो शहर मन पर्यो ।

सिंन्दुरपोते लगाउने चाहना
फुलेको त्यो रहर मन पर्यो  ।

निश्चल संग्लो रहेछ भावना
बगेको त्यो नहर मन पर्यो ।


सनम गोले
मकवानपुर हाल मलेशिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com