साउदिबाट फर्कने क्रममा लुटिएकी युवतीलाई सरकारले डेडलाख दिने

काठमाडौं, पुस १२ ,

साउदी अरबबाट फर्कंर्दै गर्दा काठमाडौं विमानस्थलको अध्यागमनका कर्मचारी र प्रहरीबाट लुटिएर यौन दुर्व्यवहारमा समेत परेकी भोजपुरकी युवतीलाई सरकारले १ लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । 

मन्त्रपरिषद्को बिहीबारको बैठकले उनलाई लुट्ने कर्मचारी र यौन दुव्र्यवहार गर्ने प्रहरी जवानलाई हदैसम्म कारबाही गर्ने निर्णयसमेत गरेको छ । वैदेशिक रोजगारका लागि अर्काको राहदानीमा साउदी गएर फर्केने क्रममा अध्यागमनमा पक्राउ परेकी उनबाट त्यहााका कर्मचारी र प्रहरीले सम्पूर्ण रकम लुटेका थिए । 

रकम लुटेपछि प्रहरी जवान परशुराम बस्नेतले धम्की दिई उनलाई गेस्ट हाउसमा लगेर यौन दुव्र्यवहार गरेका थिए । भारतसितको पारवहन सन्धि सात वर्षलाई नवीकरण हुने मन्त्रिपरिषदले आगामी २०१३ जनवरी ५ मा म्याद समाप्त हुन लागेको नेपाल-भारत पारवहन सन्धिको म्याद सात वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राजकिशोर यादवले दिए । 

उनका अनुसार मन्त्रिपरिषदले उक्त सन्धि सन् २०२० जनवरी ५ सम्मका लागि नवीकरण गर्न नेपाल र भारतबीच 'लेटर अफ एक्सचेन्ज' मा हस्ताक्षर गर्ने अख्तियारी वाणिज्य सचिव लालमणि जोशीलाई दिएको छ ।इकान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com