लहान, मंसिर १८ ,
भारत जर्घामगर ;- सिरहाको गोविन्दपुर ७ का सहमत मियाले घरायसी विवादमा आफ्नी श्रीमतीलाई कुटपीट गरी हत्या गरेका छन् ।
वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाका अनुसार घरायसी विवाद हुदा सहमत मियाले २२ वर्षीया पत्नी सनीचरी खातुनलाई कुटपीट गरी हत्या गरेका हुन् ।
आइतवार राति ८ बजे कुटपीट बाट घाइते भएकी सनीचरीको लहान ८ स्थित क्लिनिकमा उपचारका क्रममा सोमवार विहान मृत्यु भएको हो । कुटपीट गर्ने सहमतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।कोइकान्तिपुर ;