मङ्सिर ३०,
'चपली हाइट' बाट हाइट चढ्न सफल नायिका बिनिता बराल 'फुलस्टप' पछि अभिनय क्षेत्रमा स्टप नै हुने हुन् कि भन्ने चर्चा चलेको थियो।
पछिल्ला केही महिनादेखि मौनझैं बसेकी बिनिता यो अवधिका मौन बस्नुपर्ने कारण बाहिर आएको छ। उनी यतिबेला एउटा चलचित्रको काममा गोप्य रूपमा सक्रिय भैरहेको रहस्य खुलेको छ।
एउटा स्रोतका अनुसार बिनिता विगत एक महिनादेखि शीर्षक राख्न बाँकी रहेको एउटा चलचित्रमा व्यस्त छिन्। उक्त चलचित्रको कथा पनि बिनिताले नै लेखेको बताइन्छ। निरञ्जन पाण्डे र सौरभ ढकालले संयुक्त रूपमा निर्देशन गरिरहेको उक्त चलचित्रमा बिनिता मुख्य भूमिकामा प्रस्तुत भैरहेकी छिन्।
बिनितासँग अभिनय गरिरहेका अन्य कलाकारको नाम सावर् जनिक गरिएको छैन। प्रयोगात्मक भनिएको उक्त चलचित्र निर्माण युनिटले सम्पूर्ण कार्य सम्पन्न भएपछि मात्र चलचित्रको शीर्षक तथा कलाकारहरूको जानकारी सार्वजनिक गर्ने बताइन्छ। चलचित्रको छायांकन काठमाडौंबाहेक चिसापानी तथा चित्लाङमा गरिएको बताइन्छ। यो चलचित्र आगामी वैशाखमा प्रदर्शन हुने बताइन्छ।saptahik;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै