नेपालगन्ज, मंसिर २३ ,
राजेन्द्र नाथ ; महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला बर्दियामा भने, पेट्रोल छर्केर एक युवतीलाई जिउँदै जलाउने प्रयास भएको छ । ती युवती अस्पत्तालको शैयामा छटपटाईरहेकी छन् ।
शरिरको अधिंकास भाग जलिसकेको अवस्थामा अस्पत्ताल पुर्याईएकी युवतीको उपचारमा समस्या भएको छ ।
बर्दिया, गुलरिया ८ की १६ वर्षीया शिवा हासमीलाई आफुसँग विवाह गर्न नमानेको भन्दै छिमेकी बाबु खानले शुक्रबार पेट्रोल छर्केर जलाएका हुन् ।
भारतको बहराईच घर भई गुलरियामा मोटरसाईकल ग्यारेजमा मिस्त्रीको काम गर्ने २३ बर्षीय बाबुले 'भागेर आफुसँग बिहा गर्न' नमानेको भन्दै पेट्रोल छर्केर जलाएको युवतीका परिवारले बताए ।
ती युवकलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । शरिरका अधिकांस भाग जलेर बोल्न समेत नसक्ने अवस्थामा पुगेकी युवतीको नेपालगन्ज स्थित भेरी अंचल अस्पत्तालमा उपचार भइरहेको छ ।
तर, चिकित्सकहरुले 'अधिंकास (९० प्रतिशत) भाग जलेकाले सुविधा सम्पन अस्पत्तालमा लग्न परिवारलाई सुझाव दिएका छन् ।
आर्थिक अवस्था कमजोर भएको हासमी परिवार तत्काल उनलाई बाहिर लान सक्ने अवस्थामा छैनन् । '५० प्रतिशत भाग मात्र जलेको भएपनि उपचार गर्न सकिन्थ्यो ।
तर धेरै 'क्रिटिकल केस' भएकाले राम्रो अस्पत्तालमा लैजान भनेका छन्,' युवतीका दाजु तनबिर अहमद हासमिले भने, 'तत्काल पैसा नभएकाले समस्या भयो ।'
शनिबार बिहान नेपालगन्जका बिभिन्न मानवअधिकार तथा चेलिबेटी बेचबिखन र महिला हिंसा बिरुद्धका अभियानमा केन्द्रीत संघसंस्थाका प्रतिनिधिहरुले पीडित युवती र परिवारका सदस्यहरुसंग भेटघाट गरेको छ ।
माईती नेपालका नेपालगन्ज संयोजक केशव कोईरालाले, परिवारजनको अवस्था बुझेपछि उपचारका लागि काठमाडौं पठाउन चन्दा सहयोग संकलन भइरहेको जानकारी दिएका छन् ।इकान्तिपुर;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै