बाँके, कार्तिक १९,
बाँके नौवस्ताका महिलाहरु अहिले व्यवसायिक मौरीपालनमा जुटेका छन् । अन्य व्यवसायमा दिनभर खटिनु नपर्ने र आम्दानी पनि खासै राम्रो नहुने भएपछि मौरी पाल्न थाल्नु भएका जुटेको हिलाहरुले बताएका छन् ।
एक वर्ष अघि ११ वटा मौरी घारबाट मौरी पालन नौवस्ता ३ की लक्ष्मी रानाक्षेत्रीले एउटा मौरीको घारबाट वर्षमा दुई पटक मह काट्ने गरेको बताउनुभयो । एउटा घारबाट बाट एक पटकमा ५ किलोसम्म मह आउने गरेको क्षेत्रीको भनाइ छ ।
बजारमा अहिले मौरीको मह प्रतिकिलो ५ सय रुपैयाँ पर्र्छ । उत्पादित मह गाउँमै विक्री हुने भएपछि यँहाका महिलाहरु मौरी पालन व्यवसायमा लागेका हुन् । कृषि सेवा केन्द्र कोहलपुरका प्राविधीक सहायक यादव केसीले बाकेको कसुम, महादेवपुरी, कचनापुर, चीसापानी र नौवस्ता गाविस व्यवसायीक मौरी पालनका लागि सम्भावित क्षेत्र रहेको बताउनुभयो ।
मौरीका लागि चरण क्षेत्र राम्रो रहेको र एउटा मौरी घारबाट बार्षिक ५० किलोसम्म मह उत्पादन भई वार्षिक एक घारबाट २५ हजार बढी आम्दानी मौरी पालक व्यवसायले लिन सक्ने प्राविधीक सहायक केसीले बताउनुभयो । बाके जिल्लामा लोकल र युरोपियन मौरी पाल्नका लागि उचित भएको कृषि कार्यालयले जनाएको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै