गजल By Jitu Khadga



फेरीएको छैन केही पहिचान मेरो
उस्तै भयो बिगत र बर्तमान मेरो |१|

 त्यो देशको म अभागी नागरीक न हुँ
नजन्मिदै तुहेको थ्यो संम्बिधान मेरो|२|

 सक्छौ भने हेर तिमी गोलि लाग्या छाती
आलै छ यो घाउ देख्छौ की निसान मेरो |३|

 अभाबको भुंग्रो भित्र चिसै हुँदा चुल्हो
 मलाइ नै गिज्याउदै थ्यो ओदान मेरो|४|

 दु:खी भारी बिसाएर लोलाएको थिए
 दु:ख बोकी आयो फेरी त्यो बिहान मेरो|५|

 जीतु खड्का गाउले, मोरङ उर्लाबारी ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com