महिला तथा सौन्दर्य
महिलालाई प्रकृतिको सबैभन्दा सुन्दर र पूर्ण संरचना मानिन्छ । महिलाहरू नभएका भए यो संसार कुरूप हुने थियो । यो भनाइ धेरै शोधबाट पुष्टि भएको छ भने पुरुषहरूले पनि यसलाई स्वीकार गरेका छन् । पृथ्वीमा जति राम्रा विकास भएका छन्, ती महिलाकै कारणले भएका हुन् भन्दा अत्युक्ति नहोला । महिलाहरू ३२ लक्षणले युक्त हुनुपर्छ भन्ने मान्यता छ ।
परापूर्वकालदेखि महिलाहरूको सुन्दरताकै कारण अनेकौं घटना पनि घटेका छन् । महिलाहरूको सौन्दर्यको बखान हरेक पक्षमा हुन्छ । चाहे त्यो गीत, कविता वा कथा नै किन नहोस् महिलाहरूको सौन्दर्यबिना ती सिर्जना अधूरा हुन्छन् । नारी हरेक कुरामा आकर्षक एवं सुन्दर हुन्छन् । यही सुन्दरताले विभिन्न कार्यक्रमको अवधारणा सुरु भएको छ । यो महिलाहरूका लागि सबैभन्दा महत्वपूर्ण पक्ष हो ।
कुनै पनि मानिस महिलाहरूप्रति आकषिर्त हुनुका पछाडि उनको सुन्दरता नै प्रमुख कारण हुन्छ । उनी सुन्दर देखिएपछि जोकोही उनीसँग गफिन तथा रम्न चाहन्छन् । बाहिरी सुन्दरतापछि भित्री सुन्दरता आउँछ । मानिसको मूल्यांकन पहिलो झलकबाट गरिन्छ । मानिसको हाउभाउ तथा व्यवहार एउटा महत्वपूर्ण पक्ष हो तर जहाँ पनि पहिलो व्यक्तित्व नै महत्वपूर्ण हुन्छ । सुन्दरता नै महिलाहरूको प्रकृतिप्रदत्त उपहार हो ।
सुन्दरताले गर्दा उनीहरूले यो संसारमा विजयश्री प्राप्त गरेेका छन् । त्यसो त अहिले सुन्दर बन्ने होड चलिरहेको छ । महिलाहरू सधैं सुन्दरताका प्रतिमूर्ति मानिन्छन् । अहिलेको परिप्रेक्ष्यमा हेर्ने हो भने जोकोही सुन्दर बन्न चाहन्छन् । महिलाहरू 'आहा कति राम्री' भनेको सुन्न चाहन्छन् । यही सुन्दर पक्षले अहिले उनीहरू सबैतिर छाएका पनि छन् ।
उनीहरूको प्रभुत्व चलचित्र, नृत्य, विज्ञापनजस्ता अर्थव्यवस्थाको हरेक पक्षमा हुने गरेको छ । मानिसको सौन्दर्यलाई मापन गर्ने पद्धति व्यक्तिअनुसार फरक भए पनि बाहिरी व्यक्तित्व नै सौन्दर्यको पहिलो पंक्तिमा आउँछ ।नारी ;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै