मिस ग्लोवल इन्टरनेशनल-२०१२-प्रियंका I

काठमाडौं, भाद्र १८ ,

मिस ग्लोवल इन्टरनेशनल-२०१२ को शीर्ष उपाधि प्रियंका भण्डारीले जितेकी छिन् ।

मोडल ग्लोवल भिसाज कन्सल्टेन्सीको आयोजनामा सोमबार राजधानीको आर्मी अफिसर्स क्लवमा सम्पन्न फाइनल स्पर्धामा धुम्वाराहीकी १७ वर्षीया प्रियंकाले आफ्ना १६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । विभिन्न १३ विधामा उपाधि प्रदान गरिएको प्रतियोगितामा प्रिया सिग्देल, फस्ट रनरअप घोषित भइन् भने सोनू थापा मगरले सेकेन्ड रनर अपका साथै मिस ट्यालेन्ट र मिस फ्रेन्डसिपको उपाधि जितिन् ।

प्रतियोगितामा सेलिना नकर्मी मिस डिसिप्लिन, रोशनी अधिकारी मिस इन्टेलिजेन्स, सृष्टि श्रेष्ठ मिस पपुलारिटी, सुम्निमा श्रेष्ठ बेष्ट सोसल वर्क, सुप्रभा कुँवर मिस क्याटवाक, समीक्षा सिटौला मिस फोटोजेनिक र बिपश्यना वैद्य वेष्ट ड्रेस घोषित भए । दुई लाख रुपैयाँ नगद पुरस्कारको मिस बेष्ट मार्केटिङको उपाधि भने शुभेच्छा राईले जितिन् ।

प्याव्सनका अध्यक्ष डा.बाबुराम पोखरेल प्रमुख अतिथि रहेको प्रतियोगिताको निर्णायकमा मेघा बैंकका सिइओ अनिल शाह, पूर्व मिस नेपाल मलिना जोशी, फोटोपत्रकार बिकास रौनियार र एनबी बैंकका सिइओ ज्ञानेन्द्र ढुंगाना थिए । शीर्ष उपाधि बिजेता प्रियंकालाई पहिलो मिस ग्लोबल इन्टरनेशनल दीक्षा लामाले ताज पहिर्‍याइदिएकी थिइन् ।

प्रियंकाले उपाधिसहित दुई लाख, फस्ट रनरअप प्रियाले ५० हजार र सेकेन्ड रनरअप सोनुले ३० हजार नगद पुरस्कार प्राप्त गरे । शीर्ष तीन बिजेतालाई पुरस्कार स्वरुप विदेश अध्ययनका लागि हवाइ टिकट पनि प्रदान गरिएको छ । इकान्तिपुर:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com