गजल I


हुने खानेको दर मिठो पाक्छ हजुर शहरमा/
दीन दुखीको तिज मर्दै जाग्छ हजुर रहरमा//

कतै माईती लिन आए चेली रोलिन भन्दै हेर,
कतै टुहुरी रुदा कस्ले डाक्छ हजुर लहरमा//

सबै पुज्छन पाउ छुदै आफ्नो पतिको भने कतै,
कुर्दै प्रदेशी रुदै आखाँ थाक्छ हजुर डहरमा//

धनि गरिब नारी उस्तै आस्था पवित्र स्वामी प्रति,
शिव पुकारी जित सधै भाक्छ हजुर कहरमा//

ब्रत बस्छन कष्ट खप्दै गर्न कामना श्रीमानको ,
जिम्दा सावित्री हुन भन्ने लाग्छ हजुर ठहरमा//

कल्पना राई
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com