प्रायः अविवाहित युवतीहरूबीचको सौन्दर्य प्रतियोगिता हेरेर मज्जा लिइरहेकाहरूलाई यस्तो प्रतियोगिताले आकषिर्त नगर्ने कुरै थिएन। विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता हेर्न सभाहलमा दर्शकहरू अटाईनअटाई भेला भएका थिए। प्रतियोगितामा सहभागिता जनाउनेमा अधिकांश सौन्दर्यकर्मी महिलाहरू नै देखिए। शनिबार राति सम्पन्न प्रतियोगितामा सुरुदेखि नै सबैलाई आफ्नो प्रभावमा राख्न सफल समिता थापा महर्जनले मिसेस तीज-२०१२ को उपाधि आफ्नो पोल्टामा पारिन।
समिताले घरभित्र मात्र सीमित महिलाहरूलाई समेटेर यस्ता प्रतियोगिता गर्न सके उनीहरूको क्षमतावृद्धिमा टेवा पुग्ने कुरा बताइन्। झन्डै एक महिनाको प्रशिक्षणपश्चात् अन्तिम प्रतिस्पर्धामा भिडेका महिलाहरूले आफनो प्रतिभा प्रस्तुत गर्न कुनै कसर बाँकी राखेनन्। रवीन्द्र बज्रचार्यको कोरियोग्राफीमा भएको प्रतियोतिगामा एयरहोस्टेज शिक्षण गराउने आशा खत्री पहारी फस्ट रनर्सअप भइन्।
त्यस्तै ब्युटिसियन निर्मला थापाले सेकेन्ड रनर्सअपको उपाधि पाइन्। अन्य उपाधितर्फ मिस फोटोजेनिक मञ्जु राना, बेष्ट वाक सपना थापा, ट्यालेन्ट सुभद्रा लम्साल, स्टाइलिस्ट दुर्गा गुरुङ तथा बेस्ट हेयरको पुरस्कार निशा गुरुङले पाएका थिए। दर्शक छनौटको पुरस्कार भने राधिका गुरुङले जितिन्। १९ जना विवाहित महिलाले प्रतिस्पर्धा गरेको प्रतियोगिताको यो चौथो संस्करण हो।साप्ताहिक ;