आँखा भरी लालिगुराँश फुलाएर आएँ,हजुर l
अन्तर्मनमा हरियाली झुलाएर आएँ,हजुर l
छोड्नै गाह्रो आफन्त र साथिसंगी सबलाई l
मायालुलाई सम्झनामा भुलाएरआएँ, हजुर l
शरीर पुग्यो दूर देशमा काट्यो सयौं डाँडा l
मष्तिष्कलाई त्यतैतिर डुलाएर आएँ, हजुर l
कोही रुन्छन सम्झिएर कोही बिर्सिदिन्छन l
मैलेचाँहि दिलको ढोका खुलाएर आएँ, हजुर l
मर्नु बाँच्नु कसले जान्ने ? नियति को खेल l
अर्को पल्ट भेट्ने आशा चुलायेर आएँ,हजुर l
कोमल भट्ट ,काठमाडौँ (हाल:-न्युयोर्क )