आँपको रुखबाट धुँवा निस्किएपछि भक्तजनको भीड

अस्विन १५,

नवलपरासी जिल्लाको सीमावर्ती क्षेत्र भुजहवा�६ बरगदवास्थित बर्दघाट कालिका मन्दिर परिसरमा रहेको एक आँपको रुखबाट धुँवा निस्किएपछि सो स्थानमा भक्तजनको भीड लाग्न थालेको छ ।

मन्दिर परिसरमा रहेको आँपको रुखको खन्जरबाट मधुरो धुँवा निस्कन थालेपछि नयाँ चमत्कार भएको अनुमानमा भक्तजनहरुको ठूलै भीड लाग्न थालेको स्थानीय बासिन्दा देशबन्धु यादवले बताउनुभयो । रुखमा धुँवा गत असोज ९ गतेदेखि निस्कन थालेको बताइएको छ । रुखमा धुँवा निस्कन थालेको देखेपछि मन्दिरमा पूजाआजा गर्नेको भीड बढेको छ ।

यो मन्दिर परापूर्वकालमा एउटा सिंहोरको रुखलाई देवताको स्वरुप सम्झेर पूजा गरी आएको हुँदा त्यत्तिखेर नै यस मन्दिरको स्थापना भएको स्थानीय समाजसेवी रामव्यास यादवको अनुमान छ । 

यस मन्दिरमा विगतका वर्षहरुमा यस्तो आश्चर्यजनक धुँवा कहिल्यै ननिस्किएको मन्दिरका पुजारी लक्ष्मण दासले बताउनुभयो । यस मन्दिर भित्र शिवजी, वैष्णोदेवी, कालीमाता, गणेश, हनुमानलगायतका देवीदेवता विराजमान छन् । नेपालब्रिटेन 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com