अगष्ट-५ ,
देशमा भएको राजनीतिक अस्थिरता र उच्च् शैक्षिक बेरोजगारको मारमा परेर लाखौ युवाहरु बिदेशी भूमिमा सस्तो मुल्यमा श्रम बेच्न बाध्य छन् |यसरीनै विदेशीने क्रममा इजरायलको भूमिमा पनि हजारौ आईपुगेका छन् , यहाँ आएर रोजगारी गर्ने क्रममा इजरायलमा आएका केहि नेपालीहरु पछिल्लो समयमा हरेक सामाजिक कार्यमा सक्रिय रहेर पिडित र असहायहरुलाई सहयोग गर्दै आईरहेका छन् |
इजरायल बाट दुखी पिडितहरूला सहयोग गर्ने क्रममा हेल्पिंग हेण्डस इन इजरायल र एक्सन युवा क्लब इजरायलको आयोजनामा गत जुन १५ तारिख शुक्रबार सेती नदीमा आएको भीषण बाढीमा परि घाईते र मृतु भई बिचलितमा परेका पिडित परिवारहरुलाई सहयोग जुटाउन चलचित्र चपली हाईटको च्यारेटी शो पर्दशन गरेको थियो | भने हेल्पिंग हेण्डस इन इजरायलले ति पिडित परिवारका नाममा सहयोग गरौ भनेर सहयोग अभियान चलाएको थियो |
हेल्पिंग हेण्डस इन इजरायलले आव्हान गरेको उक्त्त चन्दा अभियानमा प्रोग्राम हेर्न जानुनसक्नु हुने सहयोगी मनहरुले ती बाढी पिडित परिवारहरुलाई प्रतक्षय रुपमा सहयोग पुर्याउनु भएको थियो |यसरी सहयोग पुर्याउनु हुने सहयोगी मनहरु प्रति आयोजक टिम हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छ |
यस अभियानमा हाम्रो संसार डटनेटले (उद्दब तामांग ) हामीलाई प्रतक्ष रुपमा साथदिदै आफ्नो साईटको तर्फ बाट ती पिडित परिवारका नाममा ११०५ सेकेल (करीब २३००० रुपयाँ )सहयोग रकम समेत हस्तान्तरण गर्नुभएको छ | आयोजक टिम हाम्रो संसार डटनेट परिवारलाई हार्दिक धन्यवाद दिनचाहन्छ |
यसका साथै हामीलाई प्रतक्ष वा अप्रतक्षय रुपमा सहयोग पुर्याउनु हुने नेपाल नारी आवाज इजरायल ,ओयस नेपाल डटकम ,सत्य साहीकेन्द्र इजरायल ,अन्तरास्ट्रिय कलाकार मंच साखा इजरायल , नारीदर्पण डटकम , विश्व सहित्य महासंग साखा इजरायल ,लुम्बिनी कपिलबस्तु दिबस,तामांग समाज इजरायल लगाएत इजरायलमा कार्यरत सम्पूर्ण सहयोगी मनहरु लगाएत सम्पूर्ण मिडियाका साथीहरुलाई हेल्पिंग हेन्डस इन इजरायल र एक्सन युवा क्लब हार्दिक धन्यवाद दिन चाहन्छ , साथै इजरायलमा संचालन गर्ने हरेक सहयोग अभियानमा पैसा जम्मा गर्ने कार्य देखि निशुल्क पैसा पठाउने कार्यमा ठुलो सहयो पुर्याउनु हुने एडभान्स मनी ट्रान्सफरका समाज सेबी दाई श्री कृष्ण ज्ञवाली दाईलाई आयोजक टिम हार्दिक धन्यवाद दिन चाहन्छ |
हामीले संचालन गर्ने हरेक साहयोगी कार्यक्रमहरु यहाँहरुको साथ ,सहयोग र हातेमालो बिना सम्भब छैनन् र अगामी दिनहरुमा पनि यसरीनै हातेमालो गरेर असहाय र पिडितहरुको घाउमा मलम लगाउन पाईयोस , यहांहरुले गरेको एक एक पैसा सहयोग हामी पिडीत परिवारमा यसरीनै पुर्याउने प्रतिबध्ता गर्दछौ ,तपाई हामी सबैलाई खान पुगोस दिन पुगोस !!!!
अभियान बाट संकलित सम्पूर्ण रकम सहित जम्मा रु-१,६४,६७०- हामीले ति पिडित परिवारहरुका लागि पठाई सकेका छौ | रेडियो अन्नपूर्ण ९३.४ पोखराले संचालन गरेको बाढीपिडित राहत कोष मार्फत सहयोग रकम पठाएको कुरा जानकारी गराउद्छौ |
अन्तमा इजरायलमा कार्यरत सम्पूर्ण नेपालीहरु त्यस दुखद घटनामा दिवंगत हुने आत्माहरुको चिर शान्तिको कामना गर्दै , त्यस दुखद: घटनामा सोकाकुल हुनु भएका समस्त परिवारजनहरुमा भगवानले धैरधारण गर्ने शक्त्ति पर्दान गरुनभनि भगवान संग प्रथाना गर्दछौ !!!
आयोजक..
" हेल्पिंग हेन्डस इन इजरायल र एक्सन युवा क्लब इजरायल परिवार "