साधु सन्त योगीहरू कति छन् कति यहाँ
यिनकै पछी लागे पनि बिग्रेका छन् मति यहाँ |१|
डाक्टर बैद्य राजा नेता लागि सके देशको निम्ति
तै पनि खै लिएको छैन यो देशले गति यहाँ |२|
पुरा आधि चौथाइ गरि बजेट् आयो घरी घरी
देख्छु अब अँधो गती लौ खति नै खती यहाँ |३|
खैचेर त्यो बलले झन् अझै बल गरे पनि
माथि उठ्ला कैले यो देश् डुब्यो भए जति यहाँ |४ |
"जुन जोगी आए पनि कानै चिर्या" हुन्छन् साथी
सबै नेता मरेतुल्य के गर्छन् राष्ट्र -पति यहाँ |५ |
संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल -साउदीअरब