गजल I



हित्त चित्त खोलि बोल्दै नबोल्ने भेटे एउटा मान्छे//
मनको कुरा झट्टै खोल्दै नखोल्ने भेटे एउटा मान्छे//

देख्दा छक्क पर्छु शान्त स्वभाव जति रिसाए पनि,
रन्कि आगो सरि पोल्दै नपोल्ने भेटे एउटा मान्छे//

सरो बरी भन्छ दू:ख र सुख याहाँ जिन्दगी बाच्न,
सुखै दिए पनि ओल्दै नओल्ने भेटे एउटा मान्छे//

हास्छ अनि रुन्छ एक्लै लुकेर पिर अथाहा बढ्दा,
ब्यथा कसै संग घोल्दै नघोल्ने भेटे एउटा मान्छे//

आदर्शमा बाच्छ बुद्धि विवेक छर्दै कर्तब्य गर्दै,
माया जीवनमा मोल्दै नमोल्ने भेटे एउटा मान्छे//

कल्पना राई
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com