गजल I



आफ्नै लास देख्न पाए कस्तो हुन्थ्यो होला !
मेरो वरिपरी बसी को को रून्थ्यो होला !!

मेरो लासमा चढाउन फूलको थुङ्गाबाट !
केस्रा केस्रा च्यातिन्थ्यो कि कोही उन्थ्यो होला !!

रगतमा विभेद खोज्ने स्वार्थी मान्छेहरु !
कस्ले परै बसी हेर्थ्यो कस्ले छुन्थ्यो होला !!

चितामाथी राख्दै गर्दा छ कि श्वास भनी !
कान राखी यो छातीमा कस्ले सुन्थ्यो होला !!

मीरा मन थापा
माइधार/ झापा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com