बारा, भाद्र १४ ,
पवन यादव :- एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी ले एमाओवादीको अधिनायकवादका कारण देश गतीहीन भएको बताएकी छन् ।
कलैयामा बिहीबार युवा संघ नेपालको तराई मधेश जागरण अभियानको उद्घाटन गर्दै मुलुकमा अहिले राजनीतिक र संवैधानिक संकट आएको बताइन् ।
उनले सामाजिक सद्भाव बिथोलेर देशलाई कमजोर बनाउने पक्षमा केही नेताहरू लागेको आरोप लगाइन् ।
एमाओवादीले संविधान बनाउन नचाहेको आरोप लगाउँदै एमाले संघीयता विरोधी नरहेको उनले स्पष्टीकरण दिएकी थिइन् ।
एमाओवादीले जनताको सामु संविधान जारी गर्छ भने सबैलाई स्वीकार्य हुने उनले बताइन् । माओवादी एकलौटी रूपमा सता कब्जा गर्ने पक्षमा रहेको उनले दाबी गरिन् ।
माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईले गुट बन्दी गरी देशलाई कुठाराघात गरिरहेको उनले आरोप लगाइन् ।
एमाले मुलुकलाई निकास दिनेतर्फ सकृय भएको उनले बताइन् । मुलुकलाई निकास दिनका लागि हातहतियारको प्रदर्शन नभई एकजुट भई सहमति बनाएर अगाडि बढ्नु पर्ने उनको धारणा थियो ।
संविधानसभालाई ब्युताउने हाम्रो पार्टीको धारणा नरहेको उनले बताइन् । उक्त अवसरमा बोल्दै युवा संघका केन्द्रिय अध्यक्ष महेश बस्नेतले मुलुकलाई संघीयताले टुक्रा टुक्रा पार्छ भन्नेमा हाम्रो असहति रहेको बताए ।
एमालेका कारण संविधानसभा भंग नभएको उनले बताए । प्रधानमन्त्री भटराई गाडीको चालक बन्नमा समेत फेल भएको उनले भने ।
प्रधानमन्त्री भटराईले भारतबाट सर्टीफिकेट किनेर डा बनेको उनले आरोप लगाए । उक्त अवसरमा सहिद मुखलाल महतोका भतिजा गौरी शंकर महतोलाई एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी ले दोसल्ला ओढाई सम्मानित गरेकी थिइन् । इकान्तिपुर :
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै