नेपाली कथाको समग्र इतिहास एउटै ग्रन्थमा अहिलेसम्म लेखिएको रहेनछ। यो अभावलाई परपिूर्ति गर्नका लागि नेपाल प्रज्ञा-प्रतिष्ठानले एउटा परयिोजना नै बनाएर काम थालेको रहेछ। यसै भन्छन्, नेपाल प्रज्ञा-प्रतिष्ठानका साहित्य विभागका जिम्मेवार प्राज्ञ भाउपन्थी।
त्यसैले यो गुरुत्तर कार्य आरम्भ भएछ, २०६८ सालमा। अनि, यो काम फत्ते गर्ने जिम्मेवारी प्रायः अरूका रचनाहरूको समालोचना तथा सम्पादन गर्ने डाक्टर लक्ष्मणप्रसाद गौतम र समालोचक ज्ञानु अधिकारीको जिम्मामा रहेछ।
लेखक गौतम र अधिकारीले यो गुरुत्तर दायित्वलाई जिम्मेवारीपूर्वक पूरा गरेछन् भन्ने निष्कर्ष निकाल्ने आधार भेट्टाएँ मैलै पनि नेपाली कथाको इतिहास एकपल्ट सरसर्ती पढेपछि। म स्वयं कथाको पाठक र कथा लेखक पनि हुँ। तर, यो इतिहास पढिसकेपछि हिजोको मेरो कथा इतिहासको ज्ञान कति कमजोर रहेछ भन्ने जानकारी यतिबेला मलाई भइरहेछ।
डाक्टर गौतमलाई मैले द्वन्द्व कथाहरूको सम्पादनका समयमा चिनेको थिएँ। त्यहाँ पनि उनले नेपालको दसवर्षे हिंसात्मक द्वन्द्वको चित्रण गर्ने कथाकारहरूलाई चम्काएका थिए। अहिलेको यो इतिहासमा त उनले नेपाली साहित्याकाशबाट बिलाउनै लागेका ताराहरूलाई पनि उजिल्याउने काम गरेका छन्। उनीसँग सहलेखन गर्ने ज्ञानु अधिकारीको साहित्य विधा पनि मूल रूपमा समालोचना गरेर लेखकहरूलाई चम्काउने काम नै हुँदो रहेछ।
समग्र कथा इतिहासको पहिलो पुस्तक भएको हुनाले सम्पादकहरूले कथाको परभिाषाबाटै लेखनको आरम्भ गरेका छन्। त्यसमा उनीहरूले पूर्वीय साहित्यका हजारौँ वर्षदेखिका कथासम्बन्धी परभिाषालाई संक्षिप्त रूपमा भए पनि टिपोट गरेका छन्। त्यस्तै पश्चिमा साहित्यमा पनि कथाको लेखनी कहिलेबाट आरम्भ भयो भन्ने जानकारी दिन कथा र कथा सिद्धान्त मात्र होइन, इन्साइक्लोपेडिया र अंग्रेजी शब्दकोशसम्मको सन्दर्भसमेत उठान गरेका छन्। तेस्रो चरणमा सम्पादकहरूले नेपाली साहित्यमा कथाको उठान कहिले भयो भन्ने जानकारी गराउँदै आफ्नो अनुसन्धान कार्य आरम्भ गरेका छन्। पूर्व र पश्चिम अनि नेपाली कथा साहित्यका परभिाषाहरूको मन्थन गर्दै सम्पादकद्वयले कथासम्बन्धी यस्तो निष्कर्ष निकालेका छन्, 'लघु आयतन भएको, सीमित परविेशमा आधारति तथा न्यून पात्रहरूको उपस्थिति भएको र प्रभावपूर्ण भाव वा विचारयुक्त घटना भई लघुसंरचनामा आबद्ध गद्य रचनालाई कथा भनिन्छ।'
कति ढुक्कको निष्कर्ष ! इतिहासको पहिलो अध्यायमा कथासम्बन्धी सिद्धान्त, संरचना, कथाका भेद र चरत्रिहरूको जानकारी दिइएको छ। नेपाली कथाको सच्चा इतिहासचाहिँ दोस्रो अध्यायबाट मात्र आरम्भ हुन्छ।
नेपाली कथाको काल विभाजनले सम्पादकद्वयलाई थोरै अप्ठ्यारोमा पारेको देखिन्छ। त्यसैले आफ्नो मान्यतालाई पुष्टि गर्नका लागि उनीहरूले एक दर्जनभन्दा बढी कथा साहित्य लेख्ने अथवा कथा साहित्यका बारेमा लेख्ने लेखकहरूका विचार समेटेर नेपाली कथाको काल विभाजन गरेका छन् र त्यसलाई परम्परागत रूपमै प्राथमिक, माध्यमिक र आधुनिक कालमा विभाजित गरेका छन्।
नेपाली कथाको इतिहासको आधार वर्ष रहेछ, विसं १८००। अर्थात्, साढे दुई सय वर्षभन्दा लामो इतिहास बोकेको रहेछ नेपाली कथा साहित्यले। १८०० सालमा तन्त्राख्यान, सत्संगको वर्णन भयाको कथाहा लेख्ने लेखक अज्ञात छन्। अघिल्ला दिनहरूमा हामी नेपालभित्र गुरुप्रसाद मैनाली र विश्वेश्वरप्रसाद कोइरालामा गएर कथाको जग खोज्थ्यौँ अनि नेपालबाहिर रूपनारायण सिंहमा चिनो लगाएपछि हाम्रो कथा इतिहासको खोजी समाप्त हुन्थ्यो। तर, यो इतिहासको पुस्तकले पुष्टि गरििदयो हाम्रा यी अग्रज कथाकारहरू त आधुनिक कालका अगुवा पो रहेछन्। नेपाली कथाको प्राथमिक काल आरम्भ हुँदो रहेछ, १८०० मा। नेपाली कथा साहित्यको पहिलो पुस्तक रहेछ महाभारत विराटपर्व। यसको प्रकाशन वर्ष रहेछ, १८२७ साल। यसलाई सम्पादकहरूले महाभारत विराटपर्वको भावानुवाद मात्र मानेका छन्। त्यसैले यसमा नेपालीपन पाइन्छ भन्ने उनीहरूको निष्कर्ष देखिन्छ। यसका रचनाकार रहेछन्, पृथ्वीनारायण शाहका दरबारयिा पण्डित शक्तिवल्लभ अज्र्याल।
कथा इतिहासको यो प्राथमिक कालमै पाँच दर्जनजति पुस्तक छापिएका रहेछन्। यद्यपि, यस कालका सबै कथा साहित्यहरू संस्कृत साहित्यबाट गरएिका छायानुवाद अथवा भावानुवाद रहेका रहेछन्। तर पनि हाम्रो कथा इतिहास वरपिरकिा मुलुकहरूको दाँजोमा आउने नै रहेछ भन्ने निष्कर्ष निकाल्न हामीलाई सजिलो हुने भएको छ। यही कालखण्डमा सम्पादकहरूले एउटा रमाइलो जानकारी पनि हामीलाई दिएका छन्। १८९६ सालमा अज्ञात रचनाकारले भीमसेन थापाका लागि हितोपदेश लेखिदिएका रहेछन्।
केहीअघिसम्म जासुसी कथा र उपन्यास भनिने तिलस्मी कथा साहित्यको आरम्भ पनि यही प्राथमिक काल नै रहेछ।
नेपालबाटै गोरखापत्र अखबार प्रकाशित हुन थालेपछि कथाको माध्यमिक काल आरम्भ हुँदो रहेछ। नेपालभित्र त अखबारका नाममा यही एउटा गोरखापत्र मात्रै थियो। नेपालबाहिर, त्यतिबेलाको बि्रटिस-भारतमा झन्डै पौने दर्जन नेपाली साहित्य पत्रिकासमेत प्रकाशित भएको देखिन्छ। यस कालमा लेखिएको पहिलो कथा 'पतिव्रता चरत्रि'का लेखक पनि अहिलेसम्म अज्ञात नै रहेछन्। यसै कालमा पहिलो उपन्यास वीरचरित्र लेख्ने गिरीशवल्लभ जोशी कथा पनि लेख्दा रहेछन् भन्ने जानकारी पाइन्छ।
'नासो' कथालाई काँधमा बोकेर नेपाली कथाको इतिहास आधुनिक कालमा प्रवेश गर्दो रहेछ। यस कालका चर्चित कथा लेखकहरूमा विश्वेश्वरप्रसाद कोइराला, गुरुप्रसाद मैनाली र रूपनारायण सिंहको चर्चा हुन्छ सबैतिर। तर, यो इतिहासले शेरमान थापा र गोविन्दलाल श्रेष्ठलाई आधुनिक कालका अभियन्ताका रूपमा चिनाउने कोसिस गरेको छ। यसै अध्यायको अध्ययनले हामी नेपाली पाठकलाई आगन्तुक कथा, मौलिक कथा आदिको पनि राम्रो परचिय दिन्छ।
नेपाली लघुकथाको इतिहास भने कथाको इतिहासको तुलनामा निकै छोटो रहेछ भनेर लेख्नुपर्दा कता-कता चस्स बिझाउँदो रहेछ।
आधुनिक कालखण्डका लेखकहरूको कथासंग्रहसँगै उनीहरूको प्रवृत्ति र परचियसहितको चिनारीमा वेष्ठित भेटिन्छन्। पाठकले पहिले चिन्न नभ्याएका कथाकारहरूको संक्षिप्त परचिय पनि यो इतिहासमा समावेश गरएिको छ।
त्यसैले यो पुस्तक, आफैँ कथा लेख्ने कथाकार, कथाका पाठक, कथाका विद्यार्थी सबैले अनिवार्य रूपमा पढ्नैपर्ने पुस्तक भएको छ। इतिहासको ज्ञान नभई वर्तमान बलियो हुँदैन। वर्तमान बलियो भएन भने भविष्य उज्ज्वल हुँदैन।
- प्रदीप नेपाल
नेपाली कथाको इतिहास
लेखक : लक्ष्मणप्रसाद गौतम र ज्ञानु पाण्डे
प्रकाशक : नेपाल प्रज्ञा-प्रतिष्ठान
पृष्ठ : ३३४
मूल्य : ३३५ रुपियाँ
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै