क्रान्ति लाइ थाँती राख देशले निकास पाकै छैन|
साशक सँग नझुक है सत्ता अझै पाकै छैन||
धेरै हुन्छन राजनीतिमा बाँवरिको बोट काट्ने|
जन्ता सँग मिठो बोल्दै कुर्ची सामु देश बाट्ने||
अशल नेता भेट्नै हुन्न सत्ता बाटै फाल्न खोज्छन|
देशका लागि मर्ने होइन अपराधीलाई सहिद भन्छन||
झुक्ने होइन कमरेड यहाँ देशलाई निकास दिनै पर्छ|
देश को मुहार फेर्न कमरेड अन्तिम युद्ध लड्नै पर्छ||
तेसै पाखा लाग्दैनन् है देश चुस्ने किर्ना हरु |
हुकुम गर कमरेड अब सत्ता छोडी फर्क बरु||
क्रान्ति लाइ थाँती राख देशले निकास पाकै छैन|
साशक सँग नझुक है सत्ता अझै पाकै छैन||
सुरेश बोहरा