काठमाडौ, असार ३१,
राजेश िमश्र :- कारले आगामी आर्थिक वर्ष ०६९/०७० का लागि तृतियांश बजेट आइतबार (आज) ल्याउँदैछ । बिहान बसेको मन्त्रिपरिषद् बैठकले तृतियांश बजेटलाई पारित गरेको छ ।
मन्त्रिपरिषद्ले पारित गरेको बजेट अध्यादेश राष्ट्रपतिकोमा लगिने र त्यहाँबाट स्विकृति प्राप्त भएपछि आजै सार्वजनिक गरिने महिला तथा समाजकल्याण मन्त्री बद्री न्यौपानेले ईकान्तिपुरलाई जानकारी दिए । उनका अनुसार अन्तरिम संविधानको धारा ९६(क) अनुसार तृतियांश बजेट ल्याउन लागिएको हो । चालु आर्थिक वर्षको कुल बजेटको एक तृतियांश भित्र रहेर बजेट ल्याइँदैछ ।
सरकारले पूर्ण बजेट ल्याउने तयारी गरेपनि विपक्षी दलहरुको निरन्तर बिरोधका कारण तृतियांश बजेट ल्याउन लागेको हो । 'बजेटमा नयाँ कार्यक्रमहरु केही छैनन,'न्यौपानेल भने 'राष्ट्रिय महत्वका विषयहरु निर्वाचन, शान्ति प्रक्रियासंग जोडिएको लडाकुको स्वेच्छिक अवकास र सेनाको महानिर्देशनालय गठनका लागि बजेट छुट्याइएको छ ।' नयाँ गठन भएका दुई वटा मन्त्रालयका लागि पनि बजेट थपिएको उनले जानकारी दिए ।
अपरान्ह १ देखि ४ बजेको बीचमा कुनै पनि अनुकुल समयमा सिंहदरवारमा रहेको राष्ट्रिय योजना आयोगको हलमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्न सक्ने तयारी गरिएको छ । इकािन्तपुर:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै