गज़ल I

पौरखीं भै खेत रोपौ खोरिया त्यो फाड्दै जाऔं
मल हुन्छ झारपात त्यही हिलोमा गाड्दै जाऔं
-
राम्रो बाली पक्कै हुन्छ बिज राम्रो रोपे देखि
हर्लक्कको बिज रोपी सानो तिनो झाट्दै जाऔं
-
दिन दिनै पानी हाल्दै सकेजती गोड्मेल गरौ
किरा लाग्ला होस गरि सक्दो बालि छाट्दै जाऔं
-
राम्रो सँग पाकेपछी बाली काट्नु मौसम् हेरी
फल्छ धान लहलह नहल्लाई काट्दै जाऔं
-
केही दिन सुक्नु पर्छ नआत्तिउ है कुन्यु लगाई
दँदेराले दाई हाली धाँन सबै माड्दै जाऔं
-
भाकारी त्यो टम्म छोपी मुसा देखि जोगाउनु है
योसाललाई अन्न पुग्छ खुशी अब बाड्दै जाऔं
-
स्याङ्जाली रमेश
स्थाई घर अर्जुनचौपारी ४
हाल मरुभुमीको छाती बाट

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com