'गजल' I



जन्मेपछि मर्नैपर्छ यो त यहाँ रीत हो
आशक्ती यो तिमीप्रति मेरो मायाप्रीत हो

मधुर ध्वनी गुञ्जिरन्छ मनैभैरि आज
गुञ्जिएका ध्वनीहरु तिम्रो मीठो गीत हो

जब जल्छु छट्पटिन्छु ,तिम्रो बोली सुन्छु
छिनमै शितल पार्ने यो मन् तिम्रो बोली शीत हो

प्रेम युद्द तिमीसंग चर्काचर्की पर्‍यो
हारें मैले तर पनि लाग्थ्यो मेरो जीत हो

हजारौंको भीडमाझ आफ्नो मान्छे खोज्थें
भेट्दा तिमी लाग्यो यस्तो तिमी मन्को मीत हो

राजेश रुम्बा लामा 'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com