दलालको पछि लागेर भारतको हिमाचल प्रदेश पुगे, जतिखेर उनको उमेर १५ वर्षको थियो। कामको खोजीमा भारत छिरेका उनले १० वर्ष अनेक हन्डर र ठक्कर खेपे। भारी बोके, कुल्ली बने।
हिमाचलकै सञ्जय जलविद्युत् निर्माण गृहमा वर्षौं हाड घोटे। दैनिक भारतीय पाँच रुपियाँमा श्रम बेचेर १० वर्षपछि घर र्फकंदा उनको हातमा २ सय ८७ भारु थियो। फर्किएपछि पनि उनको अवस्था धेरै समय संकटग्रस्त रह्यो। दिनभर खेतमा पसिना बगाउने र बेलुकी भट्टी पसेर गोजी रत्ियाउने गाउँलेका बीचमा उनी अपवाद थिएनन्।
तर, तिनै ओखरपौवा-६, नुवाकोटका कान्छामान तामाङ, ५०, को आर्थिक र दैनिक व्यवहारमा अहिले धेरै हिसाबले बदलाव आएको छ। उनकै कारण घरपरविार मात्र होइन, समुदाय नै बदलिएको छ। उनी गाउँका अगुवा किसान बनेका छन्। करबि छ रोपनी जग्गामा उनले स्ट्रबेरी खेती गरेका छन्। उनको बारीमा स्ट्रबेरीका सात हजार बिरुवा छन्। यस वर्ष मात्रै २० हजार किलो स्ट्रबेरी बेच्ने तयारीमा छन्। भुइँकाफलसँग मिल्दोजुल्दो यो जापानी फलको बजार मूल्य प्रतिकिलो १ सय १५ रुपियाँ छ।
यस हिसाबले एक सिजनमा उनी २३ लाख रुपियाँ बराबरको स्ट्रबेरी बेच्छन्। एक दशक पहिले मात्र २५ बोट स्ट्रबेरीका लागि उनले ३० रुपियाँ खर्चंदा गाउँभर िहल्ला भएको थियो। तर, उनी हल्लाको पछि लागेनन् । अर्को वर्ष उनले १ सय ४० बिरुवा रोपे र एकैचोटि ९३ हजार रुपियाँ हात पारे। भन्छन्, "मैले सबैभन्दा धेरै पैसा देखेको त्यतिबेलै थियो।"
जिल्ला लघु उद्यमी संघका अध्यक्षसमेत रहेका उनी अहिले स्ट्रबेरीमै सीमित छैनन्। दुई हजार बोट हल्यान्डको डच रोज फूल पनि लगाएका छन्। गत वर्ष मात्रै उनले फूल खेतीबाट ७५ हजार रुपियाँ कमाएका थिए। याकुन अर्थात् भुइँस्याउ पनि लगाएका उनीयसै वर्षदेखि कट फ्लावर लगाउने विचारमा छन्।
उनले पाखोबारीमा लगाएको स्ट्रबेरीबाट मनग्गे पैसा कमाउन थालेपछि जोसिएका अरू गाउँलेले पनि त्यही बाटो पछ्याए। अहिले सिंगो गाउँको प्रमुख आयस्रोत स्ट्रबेरी बनेको छ। जापानी संस्था जाईटी, संयुक्त राष्ट्रसंघीय विकास नियोग र सरकारी परयिोजनाहरूले सहयोग पुर्याएपछि ओखरपौवावासीको स्ट्रबेरी-आय झनै उकालो लाग्यो।
२० वर्षअघिसम्म आफ्नो गाउँबाहिरको दुनियाँसँग मतलब नराख्ने तामाङ अहिले किसानका तालिम, गोष्ठी र सभासम्म पुगेर आफ्नो र आफ्नो गाउँको सफलताको कथा सुनाउन उत्तिकै व्यस्त रहन्छन्। उनकै नेतृत्वको नवबिहानी कृषक बहुउद्देश्यीय सहकारीले स्ट्रबेरीबाट जाम बनाउने तयारी थालेको छ। "जाम बनाउने मेसिनहरू जडान गरसिक्यौँ," आफ्नो योजना सुनाउँछन् उनी, "चाँडै नै जाम उत्पादन गरेर बजारमा पठाउँछौँ।" नेपाल :
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै