गीत I



फुल सम्झी भमराले, सधैं तिम्लाई घेरी रन्छ
यो मनले एकोहोरो, तिमीलाई'नै हेरी रन्छ!

जवानीले बैंश तिम्रो, फुल्यो हेर: डाँली डाँली
कस्का लागि साँचेको हो, सिन्दुर छ अझै खाली.
मौसम'ले आफ्नो ॠतु, तिम्रै लागि फेरी रन्छ
यो मनले एकोहोरो, तिमीलाई'नै हेरी रन्छ!


आठौं रंग कहाँ होला, तिम्रो लागि खोज्न थाले
हजारौं'मा मात्र तिमी, मन्की रानी सोच्न थाले .
कल्पनाले मुटुभरी, तिम्रै तस्बिर् केरी रन्छ
यो मनले एकोहोरो, तिमीलाई'नै हेरी रन्छ!


फुल सम्झी भमराले, सधैं तिम्लाई घेरी रन्छ
यो मनले एकोहोरो, तिमीलाई'नै हेरी रन्छ!

' नरेन्द्र घर्ती '

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com