'त्यो नमिठो यथार्थ'-कथा I

झमक्क सांझ परी सकेको थियो । चराहरु आ-आफ्नो बासस्थान र गुडतिर अघि बडी रहेका थिए । एकहुल हलेसाहरु निक्कै तेज गतीमा घना जंगल तर्फ हुईकी रहेका थिए । 

दिनभरी चिर्चिर गर्दै यता र उता उफ्रने र उड्ने भंगेराको आवज पनि पुर्णरुपमा सुनसान भै सकेको थियो । यदा कदा हुटिट्याउको अलाव संपुर्ण वातवरणमा सन्नटा छाएको थियो । त्यसै बखत घरी घरी कुलुलुलुलुलुलुलु गर्दै लाटकोसेराको कर्कस आवजले सन्नटा चिर्ने कोशिषलाई बडाव दिई रहेको थियो ।

सुनसान त्यो वातवरनमा म आफ़्नो यात्रा आफ्नै तालमा तय गरी रहेको थिए । जंगल पार गरेर केहि बेरको हिडाई पस्चात झ्याम्म परेको वरपिपलु भको चौतारीमा पुगेर छोटो बिस्राम गरे । थकाई र यात्रा भरीको यादले त्यो बिस्राम मेरो लागी निक्कै आनंददायक भयो ।

पस्चिम क्षितीजतिर देखिने रातो खैरो गगन पनि अब निष्पट अंध्यारोसंग जुध्न नसक्ने गरी थला परेको थियो । सायद औसिको रातको आगमन नजीकिएर होला चांदनी को कुनै खबर थिएन ।

गंतव्य चुम्न अझै धेरै बाकी थियो । एक जोडी कपडा र आफुलाई चाहिने आवस्यक वस्तुले भरीएको सानो झोला काखी च्यापेर फेरी यात्रालाई निरंतर्ता दिए । एक्लो यात्रा र अंधेरी रात भित्र भित्रै मनमा डरले डेरा जमाई सकेको थियो । हिड्दा निस्कने आफ्नै पाउको आवाजले कापी रहेको मन , स-साना बुट्यान र झाडीमा छेपाराहरु दौडदा निस्कने आवजले झनै खपी नसक्नु पारेको थियो । डरले शरीर र माथ फुल्नुका साथै काडै काडा उम्रेको भान हुंथ्यो भने मुटुको ढड्कन वडेर बेजोडले ढुक्ढुकी रहेको थियो । झन भुतको काहनी सम्झदा पाउले टेकेको स्थान पनि पत्तै हुदैन थियो । कती पटक लडे, पछारीए पत्तै पाईन ।

डर र हिडईको तेजले निस्केको पसीनाले सारा शरीर र कपडा निथ्रुक्क भिजी सकेको थियो । अंत्यमा जसै म आफ्नो गंतव्य चिर्न सफल भए र पुगे एक सुंदर सहरमा जहा मेरा सारा सपना, कल्पना र भावाना मेरो प्रतिक्षा गरी रहेका थिए ।

विजुली वत्तिको भरपुर व्यस्था भएको त्यो सहरमा पुग्दा भर्खरै अंधेरो सकिएर सुर्यले आफ्नो तेज फैलाएको हो कि भन्ने भान हुंथ्यो । सहरको गल्लिहरुमा भुस्या कुकुर र विरालाहरुको पकड राम्रैसंग पकड जमेको स्पष्टै हुंथ्यो । झनै मध्य रात सम्म पनि युवा युवातीको भिडले सहरमा आउने जाने आगंतुकहरुको मनलाई सिंगार्न र कुड्याउन वांकी राखेको थिएन । आघुनिक्ता संगै रम्न र रंगीन जिवनको पहिचान दिन लालायीत ति युवा युवतीको मुस्कुराहट र शारिरीक हाउ भाउले जो कोहिको पनि मनमा राम्रा नराम्रा कल्पना र वितीष्णाको अंकुरा सहजै उमारी दिंथे । हजारौको त्यो भिड सबै एक्से एक थिए । लाग्थ्यो कुनै प्रतिस्पर्धामा आफ्नो प्रतिदंदिलाई हराउन सबै जना आतुर र प्रयसरत छन ।

आधुनिक्ता संगै सौदा गर्न चाहाने मेरो मन सहरको ति द्रिष्यहरुले झनै उकुस मुकुस पारी दियो । तर आफु एक्लै भएको कारणले भने मनमा निक्कै पिडा भरी दियो र सम्झे मेरो लागी यस दुनियामा कुनै जन्मेकै छैन रछे ......... !!!

सहर प्रवेशको केहि समय पश्चात मध्य भागतिर पुगेछु । जहा आकर्षक डिजाईनका फलैचाहरु थिए । यसै मध्धेको एउटामा मैले सिन्हासान गरे । बसाईकै क्रम्मा मेरा नयनहरु एक सुंदर वस्तु माथी पर्यो, जुन म भएतिरै अघि बडी रहेको थियो ।

त्यो सुंदर वस्तु अरु केहि नभएर एउटी युवती थिई । भर्खरै फक्रिएर पुर्ण बनेको गुलाव झै उनको शारिरीक बनवट, नशालु हेराई, होहनी रुप, लजालु चाल, मंदमधुर मुस्कान अनि गुलावी ओठहरु......... ओहो ! साच्चिकै जोकोहीको पनि मन थम्न नसकिने उनको रुप थियो ।

उनको पाईला निरंतर मैतिर अघि बडे र मेरै छेउमा आएर बसिन । अत्तर झै उनको शरिरबाट मग्मग बास्ना मग्मगाई रहेको थियो । आफैसंग टासिएर बसेकि ती अप्सराको हाउभाउले मलाई असहज मात्र पारेन गडुरको छायामा लट्टिएको सर्प झै बन्न पुगे । के भयो ? के भै रहेको छा ?? मैले सारा होस गुमाई सकेको थिए ।

उनले के भनिन त्यो हेक्का छैन । मेरा हातहरु समाएर चुमीन, मसारिन र गालामा एक चुंबन समेत डसिन । लहराएको उनको केशरासी मेरो गाला र नाकबाट लत्रदा झनै म पानी पानी भए । वा वा क्या सुगंध थियो ! मैले आफुलाई समहल्नै सकिन र बाहुमा लिदै उनिप्रतिको अगाध माया दर्शाए । उनले पनि अस्विकार किन गर्थिन र ? एक एर्कामा गहिरो माय प्रिती साटासाट भयो । स्वणिम आनंदको उत्त्कर्ष त्यो विरलै भुल्न लायकको थियो ।

तर........ तर ......... दुर्भाग्य म आफ्नो बाटो लाग्नै थियो अनि उनि मबाट टाढा हुनै थियो । स्वणिम पलको तातो सेलाउन नपाउदै उनि ओझेल परिन । मैले उनलाई रोक्ने लाख कोशिष गरे तर सकिन । बसेको ठौबाट जुरुक्क उठे र उनकओ पछी दौडे, हो जोडले दौडे ....... एकै फड्कोमा भेट्ने गरि दौडे .........

थुक्क त्यस्को बाउको जोडले दौडेको त एकै चोटि तल भुईमा पो खस्न पुगे छु । अनि झसंग हुदै निंद्राबाट व्युझे। खुट्टामा चोट लगी सकेको रहेछ । र अर्को तिर शरिर नराम्रो सित भुईमा बजारिएछ ।

अनि.... अनि... त्यस परिको शरिरबाट निस्केको अत्तर झै वास्ना त आफै साथिले म सुतेको ओछ्यानमा बसेर जुत्ता खोल्दा आको दुर्गंधन पो रहेछ ।न त परि, न अप्सरा, न सुंदरी ! उठेर एक झापट बजारे सालेलाई ।

'' सपनमा खोले खाको भनेको यहि त होला नि ।''

ज्याक बल एम.के.एस.
हाल:दुबई

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com