गजल I



तिमि अनि म मिलेर हामी हुनु पर्छ/
विश्व भरि नै नेपाल नामी हुनु पर्छ//

जात भात को निकाल्न छाडौ कुरा नत्र,
सबै बाहुन कि सबै कामी हुनु पर्छ//

कोहि हाकिम नोकर छन कोहि याहाँ,
कर्म समान ठानेर ज्यामी हुनु पर्छ//

न्याय अंगाली आफुले सधै हिड्ने गर्नु,
दमन् बढेमा चै प्रतिगामी हुनु पर्छ//

शान्ति सद्भाव बुद्धको उपदेश हाम्रो,
आफै फैलाई नेपाली दामी हुनु पर्छ//

कल्पना राई
दोलखा नेपाल
हाल-दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com