गीत I



नखोज्नु है किनारमा मैले सागर तरेपछि
आउछ दिन पर्खदैन समय त्यो टरेपछि !
*
जति रुनु रोएँ मैले अब हाँस्न खोज्दै छु म
समालिदै आफैभित्र थोरै खुसि रोज्दै छु म
बिर्सनलाइ बाध्य भएँ तिम्ले अति गरेपछि
नखोज्नु है किनारमा मैले सागर तरेपछी !!
*
माया गर्ने मन दिए तिरस्कार पाएँ मैले
अनायासै टुट्यो मन धेरै चोट खाएँ मैले
दुख्नै छोड्यो बेदनाले मन मेरो मरेपछि
नखोज्नु है किनारमा मैले सागर तरेपछी !!!
*
नखोज्नु है किनारमा मैले सागर तरेपछि
आउछ दिन पर्खदैन समय त्यो टरेपछि !!!!
*
बिमला अधिकारी [देवकोटा ]
भरतपुर चितवन l

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com