छुटी गयो देह कहाँ?सुन्य रातमा खोज्दैछु/
अनगिन्ती लास माझ त्यहि रासमा खोज्दैछु//
भेट्न काहाँ सक्थे मैले आफ्नै पार्थीव शरीर,
पोल्दै थिए चित्ता माथि अग्नि राफमा खोज्दैछु//
हेर्दा हेर्दै छाडी गए सबै आफन्त मलामी,
अस्तु सम्म छैन हेर रुदै राखमा खोज्दैछु//
संगै बाच्ने संगै मर्ने बाचा कसम खाएको,
मुटु भित्र राख्छु भन्ने उनै राजमा खोज्दैछु//
रै'न रै'छु कहीं कतै स्वार्थी संसार माझमा,
हावा संगै"कल्पना"को मन्द रागमा खोज्दैछु//
कल्पना राई
दोलखा नेपाल
हाल- दक्षिण कोरिया