श्री सत्य साई केन्द्र इजरायलद्वारा नेपालमा मृगौला पिडितहरूलाई सहयोग हस्तान्तरण I

जुन १५, इजरायल

नेहा गुरूङ :- विभिन्न कारणले विदेशिन बाध्य नेपालीहरू, विश्वको जुनसुकै कुनामा बसेपनि नेपाली मन बोकर बसिरहेका हुन्छन् भन्ने विभिन्न प्रमाणहरूले इजरायलका नेपाली सहयोगी मनहरूमा प्रमाणित बनिसकेको छ । यसै क्रममा श्री सत्य साई केन्द्र इजरायलको आयोजकत्वमा नेपालका मृगौला पिडितहरूको सहयोगार्थ इजरायलमा कार्यरत सहयोगी नेपालीहरूसँग सहयोग अभियानद्वारा रकम जम्मा गरिएको थियो । सो रकम नेपालमा पिडितहरूलाई प्रदान गरिएको छ ।

श्री सत्य साई केन्द्र, सिमलचौर पोखरामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रकि अध्यक्ष श्रमति शान्ति कर्माचार्यको सभापतित्व रहेको थियो भने साई परिवार तथा अन्य समुदायको समेत उपस्थिति रहेको थियो । त्यस्तै उक्त कार्यक्रममा पोखरामा निरन्तर खटिरहनुभएका विभिन्न पत्र पत्रिकामा कार्यरत पत्रकार ज्यूहरूको समेत उपस्थिति रहेको थियो ।

इजरायलमा सक्रिय श्री सत्य साई केन्द्र, तेल अभिवका परिवारहरू अध्यक्ष नेहा गुरूङ, उपाध्यक्ष सूर्य सिम्खडा तथा विभिन्न संयोजकहरू भोला पाण्डे, सिता सापकोटा, परि डाँगी, राममया थापा, भक्त घिमिरे, कल्पना न्यौपाने सबैको सक्रियतामा पिडितहरूका लागि रकम सँकलन गरिएको थियो ।

उक्त कार्यक्रममा दुबै मृगौला पिडित रमेश न्यौपानेका दाजु भुवनेश्वर न्यौपानेलार्इ साई केन्द्रकि अध्यक्ष तथा कार्यक्रमका सभापति शान्ति कर्माचार्यद्वारा रू ५० हजार, पोखरा भलामका मृगौला पिडित शुरेश कार्कीलार्इ साई केन्द्रकि शिक्षा संयोजक श्रमति सम्झना गुरूङ्द्वारा रू २० हजार र पोखराकै मृगौला पिडित लक्ष्मी तजियालाई साई केन्द्रकि आध्यात्मिक संयोजक श्रीमति कमला भट्टराईद्वारा रू. २० हजार हस्तान्तरण गरिएको थियो ।

नेपाली पिडित मनहरूमा चहर्याइरहेको घाउमा मलम लगाउन सहयोग गर्नुहुने सम्पूर्ण इजरायलबासी नेपाली साईरामहरूमा श्री सत्य साई केन्द्र तेलअभिवद्वारा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरिएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com