महिला लक्षित तालिम सुरु I

कीर्तिपुर, जेठ ०४,

महिला वर्गलाई स्वरोजगार बजाउन सहयोग पु¥याउने उद्देश्यले कीर्तिपुर नगरपालिकाको आयोजनामा विभिन्न शीर्षकका तालिम सञ्चालन सुरु गरिएको छ ।

चालु आर्थिक वर्षको बजेटबाट महिलाको स्वरोजगार अभिवृद्धिका लागि विभिन्न १८ शीर्षकमा सीपमूलक तालिम प्रदान गर्ने नगरपालिकाको लक्ष्यअनुरूप तालिम सुरु गरिएको हो ।

सिलाइकटाई तथा बुनाइ, च्याउखेती, मैनबत्ती, घिउकुमारीको जुस, अचार बनाउनेलगायत १८ शीर्षकका तालिम यसै आर्थिक वर्षभित्र सक्ने गरी सुरु गरिएको नगरपालिकाका लेखा अधिकृत सानुबाबु परियारले बताउनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com