नारीदर्पण डट कम :- इज़रायल भुमीमा ५ औं गणतन्त्र दिवस भब्य समाहरोका साथ सपन्न . गणतन्त्र दिवसको यस शुभ-उपलक्षमा नेपाली दुतावास इजरायलले एक कार्यक्रम सम्पन्न गरेको छ ।
इजरायलका लागि नेपालका नवनियुक्त राजदुत महामहिम श्री प्रल्हाद कुमार प्रसाईज्युको निवास हर्चेलियामा आयोजित सो कार्यक्रममा इजरायलस्थित नेपाली तथा विदेशी नागरिकहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
सम्पूर्ण सहित हरु प्रति सम्मान गर्दै एक-मिनेट मौन-धारण गरिएको थियो र त्यस पछी नेपाली राष्ट्रिय गान संगै कार्यक्रम को आरम्भ गरिएको थियो । समारोहलाई सम्बोधन गर्ने क्रममा राजदुत प्रसाइले उपस्थित स्वदेशी तथा विदेशीको स्वागत गर्दै विगत चार बर्षको प्रयास बाट पनि संविधान सभाको घोषणा गर्न नसकेकोमा जनतामा निराशा छाएपनि गणतन्त्र प्राप्र्ति पश्चात राष्ट्रको पुनर्संरचना गर्ने कार्य सहज नभएको तथ्य मनन गर्दै हामीले सकारात्मक आशा जगाउनु/ राख्नु पर्ने धारणा व्यक्त गर्नु भयोको थियो ।
अन्त्यमा कार्यक्रममा उपस्थितहरुलाई रात्रिभोजमा सरिक गराइएको थियो । कार्यक्रम नेपाली दुतावास इजरायलका उपनियोग प्रमुख श्री रमेश प्रसाद खनालले संचालन गर्नु भएको थियो ।
भिडियो....
तस्विर - अर्जुन जयसवाल.....