बैशाख २०,
एप्पलले 'नयाँ आइप्याड' नाम दिएर सार्वजनिक गरेको आइप्याड-३ अहिले चर्चामा छ। आइप्याडको यो भर्सनबाट ग्याजेटप्रेमीले यस्ता सुविधा प्राप्त गर्न सक्छन्, जुन अरूले प्रोभाइड गरेका यस्ता ग्याजेटमा छैनन्। आइप्याड-३ भनिए पनि यसमा फोरजी टेक्नोलोजी छ। आइप्याडमा पहिलो पटक यस्तो टेक्नोलोजी प्रयोग गरिएको हो। लाखौं मूल्य पर्ने हाई डेफिनेसन टेलिभिजनभन्दा बढी पिक्सल छ, नयाँ आइप्याडमा।
गत मार्चमा एप्पलका तत्कालीन सिइओ स्टिभ जब्सले आइप्याड-२ सार्वजनिक गरेका थिए। आइप्याड-२ को कमजोरीलाई सुधार गर्दै थप टे क्नोलोजीसहित नयाँ आइप्याड बजारमा ल्याइएको छ। प्रोसेसर, स्क्रिनलगायत धेरै कुरामा यसले आइप्याड-२ लाई उछिनेको छ।
रेटिना डिस्प्ले
नयाँ आइप्याडको सबैभन्दा आकर्षक पक्ष हो रेटिना डिस्प्ले। यो आइप्याडमा ९ दशमलव ७ इन्चको स्क्रिन छ। २०४७ह१५३६ पिक्सल रिज्युलेसनसहितको आइप्याडमा ए-५ एक्स प्रोसेसर छ।
सानदार प्रोसेसर
एप्पलले यसमा पहिलो पटक ए-५ एक्स नामक चिप लगाएको छ। अघिल्लो आइप्याडमा लगाइएको चिपको तुलनामा यसले दुई गुना बढी रफ्तारमा काम गर्छ। आइप्याड-२ को जस्तै यसमा पनि १६, ३२ तथा ६४ जीबी मेमोरी उपलब्ध छ। यसमा थ्री जी भर्सनको स्थानमा फोर जी भर्सनको डेटा स्पिड छ। क्वाड कोर ग्राफिकका साथै गेमिङ आइप्याड-३ मा प्राप्त गर्न सकिन्छ।
पातलो
यो आइप्याड- २ को तुलनामा पातलो छ। यसको चौडाइ शून्य दशमलव ३७ इन्च तथा तौल ६ सय ५३ ग्राम छ। यस्तै टेक्स र इमेजको तुलनामा पनि आइप्याड-२ भन्दा एड्भान्स छ। यो आइप्याड-२ का दाँजोमा ४ गुणा बढी पिक्सलयुक्त छ यो।
सिरीको स्थानमा नयाँ सफ्टवेयर
कम्पनीले यसमा सिरीको सफ्टवेयर राखेको छैन, तर त्यसैसँग मिल्दो सफ्टवेयर छ। यसमा वायस डिटेक्सन सफ्टवेयर उपलब्ध हुन्छ।
राम्रो क्यामेरा
आइप्याड-२ कमसल क्यामेराले गर्दा आलोचित भएको थियो। नयाँ आइप्याडमा ५ मेगापिक्सेलको क्यामेरा छ। यसमा हाई डेफिनेसन भिडियो रेकर्ड गर्न सकिन्छ। ब्याट्री ब्याकअप पनि १० घण्टाको छ।
बोल्नै काफी
नयाँ आइप्याड मिडियादेखि लेखकसम्मलाई वरदान सावित भएको छ। बोलेकै भरमा टाइप गर्न सकिने सुविधा छ यसमा। एप्पलले यो एप्लिकेसन पहिलो पटक आफ्नो ग्याजेटमा सामेल गरेको हो।
सबल पक्ष
रेटिना डिस्प्ले।
आइप्याड-२ भन्दा शक्तिशाली ब्याट्री, जसलाई बारम्बार चार्ज गरिरहनु पर्दैन।
हाइडेफिनेसन स्क्रिन। यसले धेरै पिक्सल सपोर्ट गर्नुका साथै क्रिस्टल क्लियर पिक्चर प्रोभाइड गर्छ।
नाइट लाइट छ। एप्पलको कुनै उत्पादनमा यस्तो फिचर थिएन।
इमरजेन्सी एप्लिकेसन छ, जसलाई प्रयोगकर्ताले आवश्यक परेको बेला सहयोग लिन सक्छन्।
यस्तो एप्लिकेसन पनि छ, जसको प्रयोगबाट पैसा पनि कमाउन सकिन्छ।
कमजोर पक्ष
खासगरी नेपाली परिवेशमा त्यति उपयोगी छैन। एक त यो महँगो छ, जुन सर्वसाधारणको पहुँचमा नहुन सक्छ। त्यसैगरी प्रयोगका हिसाबले पनि झन्झटिलो छ।
ल्यापटपमा जस्तो किबोर्ड छैन। वर्ड, पावरप्वाइन्ट आदि छैन। कान्तिपुर, प्रीतिजस्ता नेपाली फन्टहरू डिस्प्ले हुँदैन।
यसको सस्तो संस्करणमा इन्टरनेट चलाउन वाइफाईको भर पर्नुपर्छ।
डेक्सटप कम्प्युटरमा भएको कुनै पनि तस्बिर, गीत, भिडियो आदि राख्नुपर्यो भने आइट्युन प्रयोग गरी लामो प्रक्रिया अपनाउनुपर्छ।
प्रयोगका हिसाबले खर्चिलो छ। यसलाई चलाउन एप्सहरू खरिद गर्नुपर्छ। एप्स किन्न क्रेडिट कार्ड आवश्यक हुन्छ। फ्री एप्स डाउनलोड गर्न एकाउन्ट खोल्नुपर्छ।
विभिन्न स्रोतका आधारमा शिव मुखिया:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै