बैशाख ३१,
सुजन प्रधान पोख्रेल (नारी):- हामीले आफ्नो सौन्दर्य बचाउन मौसमअनुसार छालाको रेखदेख पनि फरक तरिकाले गर्नुपर्छ। सबैको छाला एकै किसिमको हुँदैन। त्यसैगरी मौसम पनि सधंै एकै प्रकारको हुँदैन। कहिले जाडो कहिले गर्मी, कहिले वषर्ा आदि।
त्यस्तै छाला पनि चिल्लो, सुख्खा, मिश्रति, संवेदनशील र साधारण आदि किसिमको हुन्छ। जसरी चिसो मौसमले सुख्खा र मिश्रति छालालाई दुःख दिइरहेको हुन्छ त्यसरी नै गर्मी मौसमले पनि चिल्लो र संवेदनशील छालालाई धेरै दुःख दिन्छ।
कमै मानिसको मात्र साधारण छाला हुन्छ जसलाई जुनसुकै मौसममा पनि सजिलैसँग रेखदेख गर्न सकिन्छ। फागुन महिनाको अन्त्यसँगै गर्मीको सुरुवात हुन्छ जुन मौसममा बढी गर्मी हुनुका साथै तातो हावा, धूलो-धूवाँ, हुरी, बतास बढी हुने भएकाले विशेष गरी चिल्लो र संवेदनशील छाला हुनेहरूले आफ्नो शरीर तथा अनुहारको छालालाई यसको प्रकोपबाट बचाउनुपर्छ। यस प्रकारका छालाहरूबाट गर्मी मौसममा बढी मात्रामा चिल्लो पदार्थ निस्कने भएकाले डन्डिफोर आउनुका साथै चायाँ-पोतो पनि बढ्छ जसले गर्दा अनुहार नराम्रो हुने वा बिग्रने डर हुन्छ।
त्यसैले यो मौसममा चिल्लो तथा संवेदनशील छाला भएका मानिसहरूले क्रिमको प्रयोग गर्दा एकदम कम चिल्लो भएको सनब्लक लोसनको प्रयोग गर्ने, कम्प्याक्ट तथा लुज पाउडर बढी मात्रामा प्रयोग गर्ने, घाममा हिँड्दा छाता अनिवार्य रूपले ओढ्ने, पानी प्रशस्त पिउने, चिल्लो-पिरो तथा माछा-मासु कम खाने, हरियो तरकारी तथा फलफूल बढी खानुका साथै केही सरल तर असरदार घरेलु उपाय पनि गर्न सकिन्छ।
सर्वप्रथम ५० ग्राम शुद्ध बेसन -पाउडर), १० ग्राम बेसार पाउडरमा काँचो दूध मिसाएर राम्रोसँग फिट्ने र गाढा लेप बनाउने। छाला अति नै चिल्लो छ भने ५-६ थोपा कागतीको रस मिसाउने, सुख्खा तथा साधारण छाला हुनेहरूले सोही लेपमा कागतीको रसको सट्टा १० थोपाजति तोरीको तेल मिसाएर राम्रोसँग फिटेर लेप बनाउन सकिन्छ।
यसरी लेप तयार गरिसकेपछि त्यसलाई अनुहार, घाँटी, गर्दन, हातखुट्टा तथा कुहिनाको कालो भागमा राम्रोसँग बाक्लो गरी दायाँदेखि बायाँतिर गर्दै लगाउने र १० मिनेटजति छोडिदिने। लेप सुक्न थालेपछि बिस्तारै हातले उप्काउने। यसरी लेप उप्काउँदा बायाँदेखि दायाँपट्ट िगर्दै उप्काउने। यसो गर्नाले छाला लुज हुन पाउँदैन। यसरी लेप उप्काइसकेपछि मनतातो पानीले धुने र नरम तौलियाले पुछ्ने। यो प्रक्रिया सुरुमा २-३ दिन लगातार गरेपछि २-३ दिनमा एकपटक ४-५ पटकसम्म गर्ने।
त्यसपछि हप्तामा एकपटक गरे हुन्छ। यसो गर्नाले छालामा भएको चिल्लो कम हुनुका साथै छाला सफा र चम्किलो भएर आउँछ। साथै छालामा भएका दाग, नयाँ पोतो हराउँदै जान्छ अनि चाउरीपन एवं अनुहारमा भएका मसिना रौंहरू पनि हराएर जान्छन्। यो विधि अपनाउन नसके वा गाह्रो भए चिल्लो छाला हुनेहरूका लागि अर्को सरल विधि पनि छ।
काँक्रोको रस वा काँक्रोलाई पिसेर त्यसको लेप बनाएर अनुहारमा राम्रोसँग दल्ने। यसो गर्नाले अनुहारको चिल्लो कम भएर जानुका साथै छाला गोरो पनि देखिन्छ। आँखामुनि कालो दाग -डार्क सर्कल) छ भने पनि काँक्राको रस कटनमा भिजाएर १५ मिनेटजति कालो दाग भएको ठाउँमा राख्ने। यसो गर्नाले कालो दाग हराएर जान्छ।
सुकोमल अनुभवका लागि वाक्सिङ...
हि.जोआज सौन्दर्य क्षेत्रमा विकिनी वाक्सिङ लोकपि्रय छ। विकिनी वाक्सिङ शरीरको गुप्ताङ्ग -प्युबिक एरिया) मा भएका रौंको सरसफाइसँग जोडिएको छ। पहिलेका युवतीहरूले यो भागको सफाइका लागि रेजर, हेयर रिमुवर क्रिम तथा हेयर रिमुविङ साबुन प्रयोग गर्थे। केमिकलयुक्त प्रसाधनले छाला पोल्ने, कालो हुनेजस्ता समस्या देखापर्ने तथा रेजरको प्रयोगले पहिलेको तुलनामा अझ बढी रौं आउने समस्या देखा पर्छ।
त्यसैले राम्रो विकल्पका रूपमा वाक्सिङ देखा परेको हो। यसको मद्दतले आफूले नचाहेको ठाउँमा आएका रांै हटाउन सकिन्छ। प्युबिक एरियामा आएका रौं हटाउन विकिनी वाक्सिङ गरिन्छ। यो हाइजिनसँग पनि जोडिएको छ। आधुनिक महिला तथा युवतीहरू यसलाई शारीरिक स्वच्छतासँग पनि जोड्छन्।
विकिनी वाक्सिङ शरीरको भित्री भागसँग जोडिएकाले यसका लागि विशेष सावधानी अपनाउनुपर्छ। नत्र सानो लापरबाहीबाट ठूलो समस्या भोग्नुपर्ने हुन्छ। वाक्स गर्दा सानो गल्तीले पनि र्यासेज, फोका तथा अन्य इन्फेक्सन फैलिने खतरा हुन्छ।
बजारमा विभिन्न प्रकारका वाक्स उपलब्ध छन्। त्यसमा पनि विशेष गरी अमेरिकन वाक्स केवल यही प्रयोजनका लागि निर्माण गरिएको हो। प्रयोग गर्न सजिलो भए पनि अमेरिकन वाक्स केही महँगो छ। विकिनी वाक्सका लागि सर्वोत्तम आयल वाक्स मानिन्छ। यसलाई ब्राजिलियन वाक्सका नामले पनि चिनिन्छ। यसको प्रयोगले छालामा सौम्यता तथा कोमलपन आउनुका साथै लगातारको प्रयोगले रांै पनि कम हुँदै जान्छ।
ध्यान दिनुपर्ने कुरा...
सबैभन्दा पहिले आफ्नो केशको ग्रन्थिका सम्बन्धमा जानकारी लिने। त्यसपछि त्यसलाई मसिनो गरी कैंचीले काट्ने र स्याम्पुले धुने। आवश्यकताअनुसार वाक्स लिने। डिस्पोज गर्न मिल्ने काठको नाइफको सहयोगबाट वाक्स लगाउने। पहिलेदेखि नै र्यासेज अथवा फोका छ भने वाक्सिङ गर्नु हुँदैन। पहिले त्यसको औषधि गर्नुपर्छ नत्र इन्फेक्सन फैलने डर हुन्छ। दक्ष ब्युटिसियन वा टेक्निसियनबाट विकिनी वाक्स गराउनु सुरक्षित हुन्छ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै