जनकपुर, वैशाख १९,
मिथिला राज्य संघर्ष समितिले बनाएका उपसमितिहरूमा आफ्नो नाम नपारेको भन्दै शनिबारसम्म गुनासो गरिरहेकी रन्जु झालाई आइतबारै समितिमा राखिएको थियो । आफ्नो नाम जोडिएपछि हौसिएकी रन्जु सोमबार धर्ना सुरु हुनुअघि नै रामानन्द चोक पुगिसकेकी थिइन् । मिथिला नाट्य कला परिषद्का कोषाध्यक्ष विष्णुकान्त मिश्रका अनुसार रन्जु बिहानैदेखि कति बेला जाने भनेर सोधेको सोध्यै थिइन् ।
१२ वर्षदेखि मिथिला नाट्य कला परिषद्सँग सम्बद्ध रही दुई दर्जनभन्दा बढी नाटक र दर्जनांै सडक नाटकमा अभिनय गरेकी रन्जुलाई उनका साथीहरू 'मिस नेपाल' भन्थे । पछिल्लो समय उनी परिषद्सँग आबद्ध नभए पनि त्यसका कलाकारसँग उनको घनिष्ट सम्बन्ध थियो ।
दुई छोराकी आमा रन्जुको माइती जनकपुरमै र घर महोत्तरीको सकरीमा छ । उनका श्रीमान् वीरेन्द्र झा दिल्लीमा कार्यरत छन् ।
रन्जुले ओखली मुह देखैछी, गाम नई खतैय, आरिजिनल काम, हुताहा घैल, पुष जाड कि माग जाड, विर्जु विल्टु आबाबु, प्रेत चाहे असोजजस्ता दर्जनौं नाटकमा अभिनय गरेकी छन् । मह जोडीको आमा-२, सृष्टि, कालाजार, बीबीसी नेपाली सेवाको कथा मीठो सारंगीको र दीपक रौनियारद्वारा निर्देशित छोटो फिल्म चौखट आदिमा पनि उनले अभियन गरेकी छन् । उनले अभिनय गरेको बाबा सिरियल भर्खरै नेपाल टेलिभिजनबाट प्रसारित भएको थियो ।
३५ वर्षीया रन्जु नाटकबाट सामाजिक रूपान्तरणका लागि सक्रिय कलाकार हुन् ।
यसैबीच, नाट्यकलासँग सम्बद्ध विभिन्न संस्थाले विस्फोटको भत्र्सना गरेका छन् । हत्याको भत्र्सना गर्दै ती संस्थाले दिवंगतहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् । मिथिला नाट्य कला परिषद्, सर्वनाम थिएटर, रंग सारथी, रामानन्द युवा क्लब, लोकरंग नाट्य समूह, आरोहण, गुरुकुल, एक्टर्स स्टुडियो, युवा नाट्य कला परिषद्, प्रतिविम्ब, जनचेतना, संस्कार मिथिला सिरहा, मण्डला थिएटर, द हिमालयन थिएटर, आईटीआई नेपाल सेक्टर, अनामलगायत संस्थाले विज्ञप्तिमार्फत कलाकर्मीको शान्तिपूर्ण धर्नामा भएको 'आतंककारी प्रहार' को निन्दा गरेका हुन् । उनीहरूले विस्फोटमा जिम्मेवार व्यक्ति र समूह पत्ता लगाई कारबाहीको माग पनि गरेका छन् । स्रोत-कान्तिपुर:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै