इजरायलमा नेपाली महिला कामदारहरूको उत्तम मानिन्छ I

मध्यपूर्व एशियाको बिकशित रास्ट्र इजरायलमा नेपाली कामदारहरुले स्थान पाउन थालेको करिब १० बर्ष भएको अनुमान गरिन्छ यस बिचमा हजारौ नेपाली कामदारहरू इजरायलमा भित्रीसकेका थिए ।

जसमा ९०%माहिला कामदारहरू नै आएको थियो ( कीएर गिभर)कामका लागि त्यस्तै अरु विभिन्न रास्ट्रका फिलिपिनी,श्रीलंका,भारत,दक्षिण अमेरिका,मोल्डोभा,रशिया,उक्राईना,राष्ट्रहरुबाट समेत इजरायलमा आएका छन् इजरायलमा(कीएर गिभर)कामका लागि आएका बिभिन्न रास्ट्रहरू मध्ये काममा मन पराउनेको तुलनामा नेपालीहरू नै अगाडी रहेको सत्य हो ।

बास्तबमा इजरायलमा असक्त भएको बुढा,बुढीलाई कीएर गर्नुपर्ने भनिए पनि सजिलो हुने गर्दछ कामको ! बास्तबमा इजरायलले नेपाली कामदारहरू हजारौ चाहन्छन तर तिन बर्ष पहिले नेपाली दलालहरू र मेनपावरहरू कम्पनीले मनपरि पैसा लीने गर्नाले,र अर्को कुरा नेपालदेखि नै बिना अभ्यासका कामदार ल्याउने गर्दा एक्कासी बन्द भयो नेपालबाट इजरायल आउने कामदार ।

इजरायलमा नयाँ कामदार आउन वा पठाउन सबभन्दा पहिले नेपाल सकार नै मौन देखिन्छ यदि नेपाल सरकारले मूल्य तोके अनुसार मेनपावर कम्पनीहरुले दक्ष र सक्षम बनाएर महिला कामदार हरुलाई इजरायल पठाउने हो भने अझै हजारौ-हजार नेपाली बेरोजगार माहिलाहरूले रोजगार पाईने छ । नेपालमा बेरोजगारीको कारणले गर्दा महिलाहरू घाँस र दाउरा मा समय फालीरहनु परिरहेको छ त्यो समयलाई इजरायलमा आएर सदुपयोग गर्ने हो भने नेपाल वा समाज लाई नै टेवा पुर्याउने सम्भब छन् ?

अन्तमा (कीएर गिभर) भनेर चिनिने इजरायलको पेशामा नेपाली माहिलाहरुले सक्षम र सबल रुपमा काम गर्दै सफल बनिरहेको छन् नेपालमा थोरै मात्र तालिम लिएर आएका नेपाली दिदीबहिनीहरू अहिले सबै कुरामा सक्षम बनिसकेको छन् ।

एउटा साधारण कामदेखि लिएर बिरामीहरुको रेखदेख गर्ने,इन्जेक्सन दिने,ब्लड प्रेसर चेक गर्ने,ब्लड सुगर चेक गर्ने,र टेक्नोलोजी को ज्ञान समेत बटुली सकेका छन्,यसरी तालिम तथा अनुभब बटुली सकेका महिला दिदीबहिनी हरुलाई इजरायलबाट नेपाल फर्की सके पश्चात नेपाल सरकारले संचालन गर्न सक्ने हो भने नेपाली समाजमा पनि ठुलै परिबर्तन आउने सम्भावना छन् ।

यस्तै सीपका कारण देश बिकाश हुने गर्दछ तर नेपालमा सीप होइन प्रमाणपत्रका पानाहरु खोजिनुले पनि देशलाई धेरै पछाडी धकेलीरहेको छन् हेर्दै जाऊ इजरायलमा तालिम सीपका साथै अनुभबले पोख्त बनिसकेका नेपाली महिला दिदीबहिनीहरुलाई नेपाल सरकारले वा अरु कुनै गैह्रसरकारी संस्था एन जीओ आईएन जीओ निकायहरुले कतिको चासो दिनेछन ।

माया घले मगर
हाल : इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com