काठमाडौं, वैशाख १५,
मिस नेपाल २०१२ का सहभागी सुन्दरहिरूले शुक्रबार राजधानीको रुसी सांस्कृतिक केन्द्रमा आ–आफ्नो प्रतिभा देखाएका छन्। सहभागी १६ जनाले विभिन्न गीत, नृत्य, कविता र वक्तव्य पेस गरे। यसअघि रस्मिता महर्जन अन्तिम छनोटमा परे पनि उनले बीचमै प्रतियोगिता छाडेको आयोजकले जनाएको छ। मदन चौधरी,
अञ्जली प्रधानांगको 'रामायण' शीर्षक कविता वाचनबाट सुरु भएको कार्यक्रम प्रशंसा राणाको राजधानीको प्रख्यात 'कुमारी' नृत्यपछि टुंगिएको थियो। दी हेडन ट्रेजरको आयोजनामा हुन लागेको १७ औं मिस नेपालको फाइनल राउन्ड वैशाख २४ गते हुनेछ।