देशभर आज पनि पोलियो थोपा खुवाईंदै
काठमाण्डौ बैशाख १७,
देशभरका ५ वर्षमुनिका बालबालिकालाई आज पनि पोलियो थोपा खुवाईंदैछ । हिजो छुटेका बालबालिकालाई आज पोलियो थोपा खुवाइने स्वास्थ्य मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।
विश्वबाटै पोलियो रोग उन्मूलन गर्ने अभियानका क्रममा विश्व स्वास्थ्य संगठनको आह्वानमा नेपालमा २०५३ सालदेखि पोलियो थोपा खुवाउने अभियान सुरु भएको हो ।